Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कांग्रेस भित्रैवाट चलाइयो गगन थापा पक्राउ पर्दै छन् भन्ने हल्ला !


  • बिहिबार, कार्तिक २० २०८३

  • कांग्रेस भित्रैवाट चलाइयो गगन थापा पक्राउ पर्दै छन् भन्ने हल्ला !

    काठमाडौं – बुधवार रातिबाट एकाएक कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न लागिएको हल्ला चल्यो । केहि संचार माध्यमले पक्राउ गर्न लागिएको समाचार पनि लेखे । हल्लैको विचमा कांग्रेस पदाधिकारीले कडा शब्दमा विरोध गर्ने प्रतिस्पर्धा चलाए । कांग्रेस पदाधिकारीको भनाइले संचारमाध्यम रंगिए । कांग्रेसले आन्तरिक छलफल चलायो । तर थापालाई कुन अभियोगमा पक्राउ गर्न लागिएको भन्ने तथ्य कहि कतैवाट पुष्टी भएन । वरू नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोबाट त्यस्तो कुनै आदेश नआएको समाचारहरु आए । प्रहरी प्रवक्ताले त यस्तो कुरालाई ठाडै अस्वीकार गरेको सार्वजनिक भएको छ ।

    थापा पक्राउ पर्दै छन् भन्ने हल्लाकै विचमा कांग्रेस नेताहरुले प्रहरीले निगरानी बढाएको दावी गरे । त्यो पनि पुष्टी भएको होइन, अनुमान हो । थापालाई पक्राउ गर्नु कुनै कारण सतहमा देखिएको छैन । उनीमाथी कुनै पुनारो मुद्दा, आरोप वा अभियोग केहि पनि छैन । सामाजिक सञ्चाल वा अन्य कुनै प्रकारका कानून उलंग्धन गरेको विषय पनि देखिदैन । पार्टीको अधिकारिकता सम्बन्धी मुद्दामा आर्थिक चलखेल गरेर प्रभाव पारेको भन्ने अडियो सहितको सामग्री भने सार्वजनिक भएका छ्न । जुन कुराको पार्टीले अस्वीकार गरेको छ । कतिपय जानकारहरुले कुनै आधार विना नै थापा पक्राउको हल्ला चलाइएको हो । त्यो पनि यस्तो हल्ला कांग्रेस भित्रैबाट चलाइएको हो । कतिपय विषयलाई विषायान्तर गर्न पनि यस्ता हल्ला चलाइने गर्दछ । सामाजिक सञ्जालमा सहानुभूति हासिल गर्ने र बजार चर्चा आफ्नो पक्षमा उपयोग गर्न पनि यस्ता हल्ला चलाईने गर्दछ ।

    प्रधानमन्त्री बालेन्द्र साहले फेसबुकम

    सही समय आएपछी,
    सबैको गलत समय आउछ,
    एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !

    भनेर लेखे । उनको यो भनाई को प्रति लक्षित छ भनेर अनुमान चलिरहेको वेला थापाले

    अहिले ठीक १८:०० बजेको छ।
    तर्साउने धेरै आए, तर्सिने बानी परेन।

    भनेर लेखे । त्यस पछि प्रधानमन्त्रीले थापालाई लक्षित गरेको लेखेको भन्दै मिडिया र सामाजिक सञ्जाल तताइयो । जव की धेरैको अनुमान बालेनको भनाई रवि लामिछाने वा केहि संचार माध्यम लक्षित हो भन्ने अनुमान थियो । अहिले सम्म थापालाई पक्राउ गर्न लागिएको कुनै आधार भेटिएको छैन । वरु पक्राउ गर्ने सरकारको कुनै योजना नभएको र प्रायोजित हल्ला मात्रै चलाइएको आधारहरु प्रशस्त छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij