काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर पक्षको काठमाडौं क्षेत्र नं. ५ क को सभापतिमा धिरेन विक्रम मोक्तान निर्वाचित भएका छन भने प्रदेश ख को सभापतिमा रत्न वहादुर महर्जन निर्वाचित भएका छन । शनिवार र आइतवार सम्पन्न अधिवेशनले मोक्तान र महर्जनलाई निर्वाचित गरेको हो । दुवै जना युवा पुस्ताको प्रतिनिधित्व गर्दछन् । निर्वाचित दुवै सभापतिलाई निर्वतमान क्षेत्रिय सभापति, सांसद एवं पूर्व मन्त्री श्याम बहादुर खड्का, कांग्रेस नेता श्रीविनोद भट्टराई, कृष्णकुमार थापा मगर लगाएतले वधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
