Rastrapukar

बिहिबार, असोज २९ २०८३ | Thursday 15th October 2026

सरकारको काम प्रति रक्षाको कटाक्ष : जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्


  • बिहिबार, असोज २९ २०८३

  • सरकारको काम प्रति रक्षाको कटाक्ष : जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्

    काठमाडौ – सरकारको कार्यशैली र क्षमता माथी जेनजी अभियन्ता रक्षा वमले कटाक्ष गरेको छिन । उनले सानो सुधारका लागी ३० – ३२ वर्ष नलाग्ने भन्दै भनेकी छिन :

    सरकार!
    दशैँ मनाउन घर हिँडेका नागरिकले बसमा क्षमताभन्दा बढी यात्रु कोचिएको गुनासो गरिरहेका छन्। राजमार्गका होटलहरूमा राति बसका यात्रुले चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खाइरहेका छन्।

    यस्ता समस्याको सुधारका लागि ३०–३५ वर्ष पक्कै लाग्दैनथ्यो होला। सायद ६ महिनामै पनि केहि न केहि त गर्न सकिने काम थियो यो। तर भएन।

    नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर मत दिएका हुन् जनताले। अब तपाईंहरूको सुधार गर्न सक्ने ल्याकत पनि नापिरहेका छन् है। यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij