काठमाडौ – विशेष महाधिवेशनवाट सभापति बनेका गगन थापा नेतृत्वको नेपाली कांग्रेसको अधिवेशन चलिरहेको छ । वडा र नगर अधिवेशन सम्पन्न गरेर क्षेत्रिय क्षेत्रीय अधिवेशन सम्पन्न भइरहँदा संस्थापन इतर भनेर चिनिएका नेता तथा कार्यकर्ता समेत संस्थापन पक्षको अधिवेशनमा सक्रिय भएर भाग लिइरहेका छन । भाग मात्र होइन नेतृत्व तहमै प्रभावशाली उपस्थिति जनाइरहेका छ । जसले संस्थापन पक्षका नेताहरुलाई समेत झस्काएको छ ।
संस्थापन इतर अथात देउवा पक्ष भनेर चिनिएकाहरु वडा देखि केन्द्र सम्मै उम्मेदवारी दिने अभियानमा देखिन्छ । तल देखि माथी सम्मै देउवा पक्षका भनेर चिनिएका नेताहरू अधिवेशनमा भाग लिनु र नेतृत्व तहमै हस्तक्षप बढाउँदै लैजानु केवल कित्ता परिवर्तन मात्रै हो भनेर वुझ्न सकिदैन । देउवा पक्षले संस्थापन पक्षको अधिवेशनलाई उपयोग गरिरहेको देखिन्छ ।
सकभर संस्थापन पक्षको नेतृत्वमा पुगेर एकताको आवाज उठाउने असफल भएमा देउवा पक्षको अधिवेशनमा सहभागी भएर सक्रिय हुने रणनिति देखिन्छ । यो रणनिति वडा देखि केन्द्रै सम्म लागू भएको छ ।
त्यसरी संस्थापन पक्षमा खुलेकाहरूले समेत अधिवेशन उपयोग गर्ने र सफल नभए इतर पक्षमा सक्रिय सहभागी हुने बताउँन थालेका छन । त्यहि भएर इतर पक्षले संस्थापनको महाधिवेशन मा भाग लिनेहरुलाई नरोकेको मात्र होइन, सहयोग नै गरिरहेको देखिन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
