Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा.शेखर कोइरालाले रोजेको कठिन मार्ग


  • मंगलबार, असोज ६ २०८३

  • डा.शेखर कोइरालाले रोजेको कठिन मार्ग

    आर के त्रिपाठी बेलायतबाट

    Washington,Tony Blair,Churchill र Markel बाट कांग्रेसले पाठ सिकोस/

    प्राय कांग्रेसीहरु पढ्न लेख्न रुचाउँदैनन/विश्व इतिहाँस,विश्व राजनिती र विश्व सफल नेताको इतिहाँस जिवनी बारेमा ज्ञान लिन चाहँदैनन्/लामो नलेखि इतिहाँस पूर्ण गर्न सकिन्न/मूर्ख कांग्रेस वा पढ्न नचाहने,बुझ्न नचाहने फेसबुके कांग्रेसको लागी मैले बेलायतबाट लामै लेखेर संझाउनु पर्ने देखेर लामै लेखें /

    डा.शेखर कोइरालाका लागि सबैभन्दा सजिलो बाटो के हुन सक्थ्यो ?कुनै एउटा गुटको नेतृत्व गर्नु । त्यस गुटलाई बलियो बनाउनु।आफ्ना समर्थकलाई एक ठाउँमा जम्मा गर्नु। अर्को समूह विरुद्ध राजनीतिक मोर्चा बनाउनु।यसबाट तत्काल राजनीतिक शक्ति देखिन सक्छ।तर यसले कांग्रेसभित्र अर्को विभाजन थप्ने सम्भावना पनि हुन्छ।त्यसको सट्टा डा.शेखर कोइरालाले यदि पहिले कांग्रेस,त्यसपछि गुट भन्ने बाटो रोजेका हुन् भने त्यो तत्काल राजनीतिक लाभ भन्दा दीर्घकालीन संस्थागत हितलाई प्राथमिकता दिएको निर्णय हो।

    राजनीतिमा यस्तो निर्णय लिन साहस चाहिन्छ/किनकि गुटमा बस्दा आफ्नो शक्ति देखिन्छ तर गुट भन्दा माथि बस्दा आफ्नो शक्ति प्रमाणित गर्न समय लाग्छ। एउटा गुटको विजय कि नेपाली कांग्रेसको विजय ? आज हामीले आफैंलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्छ।यदि मेरो गुट जित्यो तर नेपाली कांग्रेस कमजोर भयो भने के त्यो साँच्चिकै मेरो विजय हो ? यदि मेरो समूहले पद पायो तर हजारौँ कार्यकर्ता निराश भए भने त्यो कस्तो सफलता हो ? यदि एउटा नेताको शक्ति बढ्यो तर पार्टीको जनविश्वास घट्यो भने त्यसलाई राजनीतिक उपलब्धि भन्न मिल्छ ?

    म कुनै गुटको होइन,नेपाली कांग्रेसको हुँ । राजनीतिमा केही निर्णय यस्ता हुन्छन्,जसको अर्थ आज सबैले बुझ्दैनन् । तत्काल त्यसबाट शक्ति प्राप्त हुँदैन/पद सुनिश्चित हुँदैन/वरिपरि मानिसको भीड पनि लाग्दैन।तर समय बित्दै जाँदा त्यही निर्णयको राजनीतिक अर्थ अझ गहिरो हुँदै जान्छ। नेपाली कांग्रेस भित्र कुनै एउटा गुटको छाता मुनि आफूलाई सीमित नगरी समग्र नेपाली कांग्रेसको एकता,संवाद र संस्थागत शक्तिलाई प्राथमिकता दिने बाटो रोज्नु पनि यस्तै निर्णय हो।आजको गुटबन्दीपूर्ण राजनीतिक वातावरणमा यो बाटो सजिलो छैन।अझ राजनीतिमा आफ्नो शक्ति देखाउन समर्थकको संख्या,समूहको आकार र गुटको प्रभावलाई सफलता मान्ने प्रवृत्ति बलियो हुँदै गएको अवस्थामा त झन् होइन।तर प्रश्न उठ्छ-राजनीतिको अन्तिम उद्देश्य गुट जिताउनु हो कि संस्था बलियो बनाउनु ?

    यदि उत्तर नेपाली कांग्रेसलाई बलियो बनाउनु हो भने बृहत एकताको लागी आवाज बोलिरहेने म आर के त्रिपाठीको अहिलेको भूमिकालाई कमजोरीका रूपमा होइन,दूरदृष्टि र राजनीतिक परिपक्वताको अभिव्यक्तिका रूपमा हेर्नुपर्छ।

    बीचमा उभिनु कमजोरी होइन/हाम्रो राजनीतिक संस्कारमा बीचमा बस्ने मानिसलाई कहिले काहीँ निर्णय गर्न नसक्ने,स्पष्ट धारणा नभएको वा अवसर खोजिरहेको व्यक्तिका रूपमा चित्रण गरिन्छ।तर इतिहास त्यति सरल छैन/भुईंमा बीचमा उभिनु र केन्द्रमा बीचमा उभिनु फरक कुरा हो।भुईंमा बीचमा उभिने व्यक्ति दुई पक्षबाट समान दूरीमा रहन सक्छ।तर केन्द्रमा बीचमा उभिने व्यक्ति दुवै पक्षलाई एउटै ठाउँमा ल्याउने प्रयास गर्छ/आज नेपाली कांग्रेसलाई नयाँ गुटको आवश्यकता छैन/कांग्रेसलाई अझ ठूलो शक्ति संघर्षको आवश्यकता छैन/कांग्रेसलाई संवाद गर्ने नेतृत्व,असहमतिलाई स्वीकार गर्ने संस्कार र सबै पक्षलाई एउटै संस्थागत छातामुनि राख्ने क्षमता चाहिएको छ।

    डा.शेखरको बाटोलाई केन्द्रमा बीचमा मध्यमा बसेको राजनीति भनेर मात्र बुझ्नु अन्याय हुनेछ।यसलाई गुट भन्दा माथि उठेर केन्द्रमा बीचमा उभिने राजनीतिका रूपमा बुझ्नुपर्छ।इतिहासमा ठूलो नेता सधैँ एउटा पक्षको मात्र हुँदैन/विश्व राजनीतिमा हेर्दा दीर्घकालीन प्रभाव छोडेका नेताहरूको एउटा महत्वपूर्ण विशेषता देखिन्छ/उनीहरूले आफ्नो पक्षका मानिसलाई मात्र साथ लिएर इतिहास बनाएका होइनन्, आफ्ना विरोधी र फरक विचार राख्ने मानिससँग पनि संवाद गर्ने साहस गरेका छन्।बदला होइन,मेलमिलाप गर्ने साहस गरेका छन्।

    दक्षिण अफ्रिकाका Nelson Mandela यसको सबैभन्दा शक्तिशाली उदाहरण हुन्।दशकौँको रंगभेद विरुद्धको संघर्ष पछि उनीसँग आफ्ना विरोधी प्रति बदला लिने नैतिक अधिकार जस्तै देखिने अवस्था थियो।तर उनले राष्ट्रिय मेलमिलापको बाटो अर्को बाटो रोजे/उनले बुझेका थिए कि आफ्नो पक्षले मात्र जित्नु पर्याप्त छैन।देशलाई विभाजनबाट निकाल्नुपर्छ।त्यसैले मण्डेलाको महानता केवल उनी राष्ट्रपति बनेकोमा थिएन।उनको महानता त विरोधीलाई पनि राष्ट्र निर्माणको प्रक्रियामा समेट्न सक्नुमा थियो।दशकौँको रंगभेद,संघर्ष र पीडापछि मण्डेलासँग आफ्ना विरोधी प्रति कठोर बदला लिने पर्याप्त राजनीतिक कारण थियो।तर उनले दक्षिण अफ्रिकालाई अर्को बाटो देखाए—राष्ट्रिय मेलमिलापको बाटो।१९९४ को लोकतान्त्रिक निर्वाचनपछि उनको नेतृत्वमा Government of National Unity बन्यो,जसको उद्देश्य केवल विजयी ANC को शासन स्थापित गर्नु थिएन,नयाँ दक्षिण अफ्रिका निर्माणका लागि विभिन्न राजनीतिक शक्तिलाई सहकार्यमा ल्याउनु पनि थियो।मण्डेलाको नेतृत्वको एउटा महत्वपूर्ण शिक्षा यही हो—आफ्नो पक्षले जित्नु मात्र पर्याप्त हुँदैन,राष्ट्रले जित्नुपर्छ।उनले विरोधीलाई समाप्त गर्ने राजनीति होइन,विरोधीसँग संवाद गरेर नयाँ राजनीतिक आधार निर्माण गर्ने बाटो रोजे।Mandela Foundation का अभिलेखहरूले पनि उनको सरकारको प्रमुख उद्देश्यमा Nation-building, Reconciliation र Unity लाई जोडिएको देखाउँछन्।यही कारण मण्डेला एउटा पार्टीका नेता मात्र रहेनन्।उनी एउटा राष्ट्रको नैतिक प्रतीक बने।नेपाली कांग्रेसका लागि यसको सन्देश स्पष्ट छ—आफ्नो गुट जिताउनु र कांग्रेस जिताउनु एउटै कुरा होइन।

    George Washington अमेरिकी राजनीतिका प्रारम्भिक दिनमा दलगत विभाजन तीव्र हुँदै गएको अवस्थामा पार्टीगत संघर्ष भन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने नेता थिए।आफ्नो Farewell Address मा उनले राजनीतिक गुटबन्दीले सार्वजनिक प्रशासनलाई कमजोर बनाउन सक्ने र पार्टीगत स्वार्थले राष्ट्रिय हितलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएका थिए।उनले अमेरिकी एकतालाई राजनीतिक स्वतन्त्रता र समृद्धिको आधारका रूपमा प्रस्तुत गरे।उनको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ—जब पार्टी ठूलो हुन्छ,व्यक्ति सानो भए पनि इतिहास ठूलो हुन्छ।नेपाली कांग्रेसमा पनि प्रश्न यही हो—हामी आफ्नो समूहलाई ठूलो बनाउन चाहन्छौँ कि कांग्रेसलाई?

    अब्राहम लिंकन : विरोधीलाई पनि साथ लिएर संकट पार गर्ने नेतृत्व Abraham Lincoln को समय अमेरिकी इतिहासकै सबैभन्दा कठिन समय मध्ये एक थियो।देश गृहयुद्धमा थियो।समाज विभाजित थियो।राजनीतिक ध्रुवीकरण चरममा थियो।त्यस्तो समयमा नेतृत्वको अर्थ आफ्नै समर्थकलाई मात्र विश्वास गर्नु थिएन।संकटको समयमा व्यापक राजनीतिक क्षमताको उपयोग गर्नु थियो।लिंकनको नेतृत्वको एउटा महत्वपूर्ण पक्ष थियो—फरक विचार भएका शक्तिशाली व्यक्तिहरूलाई समेत आफ्नो प्रशासनमा समेटेर काम गराउनु।यसलाई आज Team of Rivals भनेर चिनिने उनको मन्त्रिपरिषद्को उदाहरणबाट सम्झिन्छौँ।

    यसबाट ठूलो पाठ सिक्न सकिन्छ—महान नेता आफू भन्दा फरक मानिससँग काम गर्न डराउँदैन।यदि कसैले केवल आफूलाई समर्थन गर्ने मानिससँग मात्र काम गर्न सक्छ भने त्यो समूहको नेता हुन सक्छ तर जो आफ्ना आलोचकलाई पनि संवादमा ल्याउन सक्छ,त्यो संस्थाको नेता बन्न सक्छ।

    विन्स्टन चर्चिल : संकटमा पार्टी भन्दा माथि राष्ट्रिय उद्देश्य-दोस्रो विश्वयुद्धको चरम संकटमा Winston Churchill ले नेतृत्व सम्हाल्दा बेलायतलाई व्यापक राजनीतिक एकताको आवश्यकता थियो।१९४० मा बनेको उनको Wartime Government मा Conservatives मात्र होइन,Labour र Liberals समेत सहभागी थिए।ब्रिटिश संसदको अभिलेख अनुसार Churchill ले सरकारलाई broadest possible basis मा निर्माण गर्नु पर्ने आवश्यकता स्वीकार गरेका थिए र विपक्षी दललाई समेत समेटिएको War Cabinet बनाइएको थियो।किनकि संकटको समयमा प्रश्न थियो—कुन पार्टी जित्छ? होइन।देश कसरी जोगाउने?यही राजनीतिक परिपक्वता हो।आज नेपाली कांग्रेसले पनि आफैंलाई सोध्नुपर्ने प्रश्न यही हो—कुन गुट जित्छ?होइन।कांग्रेस कसरी बलियो हुन्छ?

    Tony Blair:
    लेबर पार्टीभित्र गुटबन्दी र आन्तरिक मतभेद बढिरहेका बेला टोनी ब्लेयरले पार्टीलाई विभाजनको बाटोमा जान नदिई मध्य मार्गमा रहेर राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।उनले विभिन्न विचार र समूहबीच सन्तुलन कायम गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रयास गरे। यही समन्वयकारी, व्यावहारिक र एकतामुखी भूमिकाका कारण उनको नेतृत्वको व्यापक रूपमा प्रशंसा गरिएको थियो।

    कोनराड आडेनावर र चार्ल्स द गॉल:
    पुरानो दुश्मनी भन्दा भविष्य ठूलो-दोस्रो विश्वयुद्धपछि Konrad Adenauer र Charles de Gaulle ले फ्रान्स र जर्मनीबीचको ऐतिहासिक वैमनस्यलाई नयाँ सम्बन्धमा बदल्ने साहस देखाए।Adenauer को नेतृत्वमा पश्चिम जर्मनीको पुनर्निर्माण र फ्रान्ससँगको मेलमिलाप अघि बढ्यो।पछि Adenauer र de Gaulle बीचको सहकार्यले १९६३ को Élysée Treaty मार्फत फ्रान्स-जर्मनी सम्बन्धलाई नयाँ आधार दियो।जर्मन सरकारको आधिकारिक विवरणले यसलाई ऐतिहासिक Reconciliation का रूपमा वर्णन गर्छ।यसको अर्थ के हो?इतिहास बदल्ने नेता पुरानो रिसको कैदी भएर बस्दैन।उसले भविष्य हेर्छ।राजनीतिमा पनि यही सत्य हो।हिजोको असहमति आजको स्थायी शत्रुता बन्नुपर्दैन।आजको प्रतिस्पर्धा भोलिको सहकार्यको अन्त्य होइन।

    एन्जेला मर्केल:
    फरक धारलाई एउटै टेबलमा राख्ने क्षमता/Angela Merkel को लामो राजनीतिक यात्राले पनि सहमति र व्यावहारिक सहकार्यको महत्त्व देखाउँछ।उनको राजनीतिक शैली सधैँ उत्तेजना,ध्रुवीकरण र हामी बनाम उनीहरूमा आधारित थिएन।उनको नेतृत्वका विभिन्न चरणमा गठबन्धन,सम्झौता र विभिन्न राजनीतिक धारसँग सहकार्य आवश्यक परेको थियो।उनको सरकारको एउटा आधिकारिक वक्तव्यमा उनले संसदका सबै समूहसँग Fair and Trusting Cooperation को प्रस्ताव राख्दै देशको भविष्यका लागि सबै राजनीतिक जिम्मेवार शक्तिले मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन्।यसबाट एउटा कुरा स्पष्ट हुन्छ—नेतृत्व भनेको आफू जस्तै सोच्ने मानिसको संख्या बढाउनु मात्र होइन।नेतृत्व भनेको फरक सोच्ने मानिसलाई पनि एउटै राष्ट्रिय उद्देश्यमा काम गराउन सक्नु हो।नेपाली कांग्रेसको सन्दर्भमा पनि यसको एउटा गहिरो सन्देश छ-आफ्नो समूहलाई जिताउनु र सम्पूर्ण संस्थालाई जिताउनु एउटै कुरा होइन।

    Angela Merkel ले लामो समय सम्म फरक राजनीतिक धार र गठबन्धन बीच सहमति खोज्दै शासन सञ्चालन गरिन्।उनको राजनीति सधैँ उत्तेजना र ध्रुवीकरणमा आधारित थिएन।धेरैपटक उनले कठिन विषयमा पनि सम्झौता,संवाद र व्यावहारिक सहकार्यलाई प्राथमिकता दिइन्।यसबाट एउटा कुरा सिक्न सकिन्छ—राजनीतिक नेतृत्व भनेको आफू जस्तै सोच्ने मानिस जम्मा गर्नु मात्र होइन,आफू भन्दा फरक सोच्ने मानिससँग पनि काम गर्न सक्ने क्षमता हो।

    Emmanuel Macron:
    परम्परागत ध्रुव भन्दा फरक बाटो-फ्रान्सका Emmanuel Macron को राजनीतिक उदय पनि परम्परागत दुई ध्रुवबीच नयाँ राजनीतिक केन्द्र निर्माण गर्ने प्रयासको उदाहरणका रूपमा लिन सकिन्छ।उनको यात्रा पूर्ण रूपमा सफल वा विवाद मुक्त थियो भन्न खोजिएको होइन।तर उनको उदयले एउटा कुरा प्रमाणित गर्‍यो—राजनीतिमा स्थापित गुट र परम्परागत ध्रुव भन्दा बाहिर पनि नयाँ राजनीतिक स्थान निर्माण गर्न सकिन्छ।त्यसैले सबै सँग सम्बन्ध राख्नु वा गुट भन्दा माथि उभिनु आफैंमा राजनीतिक कमजोरी होइन/कहिलेकाहीँ यही बाटोले भविष्यको नेतृत्वका लागि फराकिलो स्थान तयार गर्छ।

    डा.शेखर कोइरालाको चुनौती पनि यही हो/डा.शेखर कोइरालाका लागि सबैभन्दा सजिलो बाटो के हुन सक्थ्यो?कुनै एउटा गुटको नेतृत्व गर्नु।त्यस गुटलाई बलियो बनाउनु।आफ्ना समर्थकलाई एक ठाउँमा जम्मा गर्नु।अर्को समूह विरुद्ध राजनीतिक मोर्चा बनाउनु।यसबाट तत्काल राजनीतिक शक्ति देखिन सक्छ।तर यसले कांग्रेसभित्र अर्को विभाजन थप्ने सम्भावना पनि हुन्छ।त्यसको सट्टा डा.शेखर कोइरालाले यदि पहिले कांग्रेस,त्यसपछि गुट भन्ने बाटो रोजेका हुन् भने त्यो तत्काल राजनीतिक लाभ भन्दा दीर्घकालीन संस्थागत हितलाई प्राथमिकता दिएको निर्णय हो।राजनीतिमा यस्तो निर्णय लिन साहस चाहिन्छ/किनकि गुटमा बस्दा आफ्नो शक्ति देखिन्छ तर गुट भन्दा माथि बस्दा आफ्नो शक्ति प्रमाणित गर्न समय लाग्छ।एउटा गुटको विजय कि नेपाली कांग्रेसको विजय?आज हामीले आफैंलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्छ।यदि मेरो गुट जित्यो तर नेपाली कांग्रेस कमजोर भयो भने के त्यो साँच्चिकै मेरो विजय हो?यदि मेरो समूहले पद पायो तर हजारौँ कार्यकर्ता निराश भए भने त्यो कस्तो सफलता हो?यदि एउटा नेताको शक्ति बढ्यो तर पार्टीको जनविश्वास घट्यो भने त्यसलाई राजनीतिक उपलब्धि भन्न मिल्छ?
    नेपाली कांग्रेस कुनै व्यक्तिको निजी संस्था होइन।यो बीपी कोइरालाको लोकतान्त्रिक सपना बोकेको संस्था हो।यो गणेशमान सिंहको त्यागसँग जोडिएको इतिहास हो।यो कृष्णप्रसाद भट्टराईको सादगी र लोकतान्त्रिक संस्कारको सम्झना हो।यो हजारौँ नेता कार्यकर्ताको संघर्ष र बलिदानको परिणाम हो।त्यसैले कांग्रेस भित्रको हरेक नेताले अन्ततः आफैंलाई सोध्नुपर्ने प्रश्न यही हो—म ठूलो बन्न खोजिरहेको छु कि कांग्रेसलाई ठूलो बनाउन?आजको संयम,भोलिको शक्ति हुन सक्छ/राजनीतिमा तत्काल देखिने शक्ति र दीर्घकालीन राजनीतिक प्रभाव फरक कुरा हुन्।आज संघर्षको बीचमा शान्त कुनै गुटसँग नजोडिँदा कसैले कमजोर भन्न सक्छ/आज सबै पक्षसँग संवाद गर्दा कसैले अवसरवादी भन्न सक्छ।आज संघर्षको बीचमा शान्त आवाज उठाउँदा कसैले बीचको राजनीति भनेर आलोचना गर्न सक्छ।तर समयले सबै निर्णयको मूल्यांकन गर्छ।जब पार्टी भित्र संकट आउँछ,सबै पक्षसँग कुरा गर्न सक्ने व्यक्ति चाहिन्छ।जब दुई समूहबीच संवाद बन्द हुन्छ,दुवैलाई एउटै टेबलमा ल्याउन सक्ने व्यक्ति चाहिन्छ।जब पार्टी व्यक्तिगत स्वार्थको संघर्षमा फस्छ,संस्थाको पक्षमा उभिन सक्ने व्यक्ति चाहिन्छ।त्यसैले आज गुटमा नलाग्नु राजनीतिक कमजोरी देखिए पनि भोलि सबै गुटसँग संवाद गर्न सक्ने राजनीतिक पूँजी बन्न सक्छ।

    डा.शेखर कोइरालाको राजनीतिक यात्रालाई यही एउटा प्रश्नबाट हेर्नु पर्ने बेला आएको छ।

    डा.शेखर कोइराला कुन गुटका नेता हुन्?भन्दा ठूलो प्रश्न—डा.शेखर कोइराला कस्तो कांग्रेस चाहन्छन्?यदि डा.शेखर कोइरालाको लक्ष्य एउटा समूहलाई अर्को समूह विरुद्ध जिताउनु होइन,नेपाली कांग्रेसलाई एकताबद्ध र संस्थागत रूपमा बलियो बनाउनु हो भने उनको अहिलेको निर्णयलाई फरक दृष्टिले हेर्नुपर्छ।कांग्रेसलाई आज अर्को गुट चाहिएको छैन।कांग्रेसलाई अर्को शक्ति केन्द्र पनि चाहिएको छैन।सबै शक्ति केन्द्रलाई पार्टीको संस्थागत संरचना भित्र ल्याउने नेतृत्व कांग्रेसलाई चाहिएको छ।कांग्रेसलाई यस्तो नेता चाहिएको छ,जसले आफ्ना समर्थकलाई मात्र होइन,आलोचकलाई पनि सुन्न सकोस्।आफ्नो पक्षलाई मात्र होइन,अर्को पक्षको पीडा पनि बुझ्न सकोस् र आवश्यक पर्दा आफ्नै राजनीतिक लाभ भन्दा पार्टीको दीर्घकालीन हितलाई प्राथमिकता दिन सकोस्।

    राजनीतिमा गुटहरू बन्छन् र भत्किन्छन्।पदहरू आउँछन् र जान्छन्।समीकरणहरू बदलिन्छन्।आजको शक्तिशाली व्यक्ति भोलि शक्तिहीन हुन सक्छ।तर संस्था बाँच्छ भने इतिहास बाँच्छ।

    त्यसैले आजको कांग्रेसले एउटा कुरा बुझ्न जरुरी छ—गुट जितेर कांग्रेस हार्नु हुँदैन।व्यक्ति जितेर संस्था हार्नु हुँदैन।नेता ठूलो भएर पार्टी सानो हुनु हुँदैन।हामीले खोज्नुपर्ने विजय यस्तो होस्,जहाँ कुनै व्यक्ति हारेर कांग्रेस नजितोस्/बरु सबैले जितेर कांग्रेस जितोस्।

    यदि डा. शेखर कोइरालाले यही सोचका साथ आफूलाई कुनै एउटा गुटको सीमा भित्र नराखी नेपाली कांग्रेसको एकतालाई आफ्नो राजनीतिक प्राथमिकता बनाएका हुन् भने उनको निर्णयलाई आजको राजनीतिक चश्माले मात्र हेर्नु हुँदैन/सायद यो तत्काल लोकप्रिय हुने बाटो होइन।सायद यसमा तत्काल राजनीतिक लाभ पनि छैन।तर लोकतन्त्रमा कहिलेकाहीँ सबैभन्दा कठिन बाटो नै सबैभन्दा जिम्मेवार बाटो हुन्छ।गुटको नेता बन्न सजिलो छ।कांग्रेसको नेता बन्न कठिन छ।आफ्नो समूहलाई जिताउन सजिलो छ।सबै समूहलाई एउटै ठाउँमा उभ्याउन कठिन छ र यही कठिन बाटो रोज्ने साहसलाई हामीले कमजोरी होइन,राजनीतिक परिपक्वताको संकेतका रूपमा हेर्नुपर्छ।

    अन्ततः इतिहासले सोध्नेछ-तपाईंको गुट कति ठूलो थियो? होइन/इतिहासले सोध्नेछ-तपाईंले आफ्नो संस्था कति ठूलो बनाउनु भयो?नेपाली कांग्रेसको भविष्य कुनै एक गुटको विजयमा होइन,एकतामा छ।

    त्यसैले आजको सबैभन्दा शक्तिशाली नारा हुन सक्छ—व्यक्ति होइन,कांग्रेस।गुट होइन,एकता।विभाजन होइन, लोकतान्त्रिक सहकार्य।जय नेपाली कांग्रेस।जय लोकतन्त्र।एकता नै कांग्रेसको शक्ति हो।

    डा.शेखर कोइरालाको बाटो म कुनै गुटको होइन,नेपाली कांग्रेसको हुँ।राजनीतिमा केही निर्णय यस्ता हुन्छन्,जसको अर्थ आज सबैले बुझ्दैनन्।त्यस्ता निर्णयले तत्काल पद दिँदैनन्।तत्काल शक्ति देखाउँदैनन्।समर्थकको भीड बढाउँदैनन्।कहिलेकाहीँ त उल्टै आलोचना,गलत व्याख्या र शंका जन्माउँछन्।तर समय बित्दै जाँदा त्यही निर्णयको राजनीतिक अर्थ गहिरिँदै जान्छ।किनकि तत्कालको लोकप्रियता र इतिहासको मूल्यांकन एउटै कुरा होइन।आज नेपाली कांग्रेसभित्र गुट,समूह र शक्ति-समीकरणको चर्चा धेरै छ।कसको पक्षमा को छ?कसको समूह ठूलो छ? कसले कति नेता आफ्नो वरिपरि राखेको छ? कसको शक्ति कहाँसम्म पुगेको छ?तर यी सबै प्रश्नभन्दा माथि एउटा प्रश्न छ—नेपाली कांग्रेसलाई बलियो बनाउने बाटो कुन हो?

    यही प्रश्नबाट डा.शेखर कोइरालाको राजनीतिक भूमिकालाई हेर्न आवश्यक छ।यदि कुनै नेता एउटा गुटको शक्ति बढाउनु भन्दा समग्र नेपाली कांग्रेसको एकता,संवाद,संस्थागत मर्यादा र दीर्घकालीन राजनीतिक शक्तिलाई प्राथमिकता दिन्छ भने त्यसलाई कमजोरी भन्न मिल्दैन।बरु त्यसलाई राजनीतिक साहस भन्नुपर्छ।किनकि गुटमा उभिन सजिलो हुन्छ।तर सबै गुटलाई एउटै पार्टीको छातामुनि उभ्याउन कठिन हुन्छ।आफ्नो पक्षलाई जिताउन सजिलो हुन्छ।तर आफ्ना समर्थक सँगै आफ्ना आलोचकलाई पनि विश्वासमा लिन कठिन हुन्छ।भीड जम्मा गर्न सजिलो हुन्छ।तर विश्वास निर्माण गर्न समय लाग्छ।यही ठाउँमा डा.शेखर कोइरालाको राजनीतिक बाटोलाई बुझ्नुपर्छ।

    बीचमा उभिनु कमजोरी होइन,केन्द्रमा बीचमा उभिनु हो/हाम्रो राजनीतिक संस्कारमा एउटा ठूलो भ्रम छ—जो कुनै एउटा पक्षमा स्पष्ट रूपमा देखिँदैन,उसलाई बीचको अस्पष्ट वा अवसरवादी भनिन्छ।तर राजनीति त्यति सरल छैन।बीचमा उभिनु र केन्द्रमा उभिनु बीचमा फरक कुरा हो।बीचमा उभिएको व्यक्ति निर्णयबाट भाग्न सक्छ।तर केन्द्रमा बीचमा उभिएको व्यक्ति सबै पक्षलाई संवादको टेबलमा ल्याउन सक्छ।बीचमा उभिएको व्यक्ति आफ्नो स्वार्थ खोज्न सक्छ।तर केन्द्रमा बीचमा उभिएको व्यक्ति संस्थाको स्वार्थ खोज्न सक्छ।बीचमा उभिनु निष्क्रियता हुन सक्छ।तर केन्द्रमा उभिनु समन्वयको सक्रिय राजनीति हुन सक्छ।आज नेपाली कांग्रेसलाई अर्को गुट चाहिएको छैन/कांग्रेसलाई अर्को शक्ति केन्द्र पनि चाहिएको छैन।कांग्रेसलाई चाहिएको छ—त्यस्तो नेतृत्व,जसले शक्ति केन्द्रहरूलाई पार्टीको संस्थागत संरचनाभित्र ल्याउन सकोस्।कांग्रेसलाई यस्तो नेता चाहिएको छ,जसले केवल मेरो मान्छे नभनेर हाम्रो पार्टी भन्न सकोस्।

    त्यसैले डा.शेखर कोइरालाको बाटोलाई केन्द्रमा मध्यमा बसेको राजनीति भनेर खुम्च्याउनु उचित हुँदैन।यसलाई गुट भन्दा माथि उठेर कांग्रेसको केन्द्रमा मध्यमा बसेको उभिने राजनीतिका रूपमा बुझ्नुपर्छ।विश्व इतिहासले पनि यही पाठ सिकाउँछ/इतिहासमा ठूलो नेता त्यो मात्र होइन,जसले आफ्नो समूहलाई जिताउँछ।ठूलो नेता त्यो हो,जसले विभाजित समाज,पार्टी वा राष्ट्रलाई कठिन समयमा एउटै उद्देश्यतर्फ हिँडाउन सक्छ।नेतृत्व भनेको आफू जस्तै सोच्ने मानिसको संख्या बढाउनु मात्र होइन।नेतृत्व भनेको फरक सोच्ने मानिसलाई पनि एउटै राष्ट्रिय उद्देश्यमा काम गराउन सक्नु हो।डा.शेखर कोइरालाको चुनौती गुटको नेता बन्ने कि कांग्रेसको?अब फर्कौँ नेपाली कांग्रेसतर्फ।डा.शेखर कोइरालाका लागि सजिलो बाटो के हुन सक्छ?एउटा गुट बनाउने।आफ्ना समर्थक जम्मा गर्ने।आफ्नो शक्ति देखाउने।अर्को समूह विरुद्ध राजनीतिक मोर्चा बनाउने।यसबाट तत्काल शक्ति देखिन सक्छ।तर त्यसले कांग्रेसभित्र अर्को विभाजन पनि जन्माउन सक्छ।अर्को बाटो कठिन छ—सबैसँग संवाद गर्ने।आफ्ना समर्थकसँग मात्र होइन, आफ्ना आलोचकसँग पनि कुरा गर्ने।आफ्नो पक्षको मात्र पीडा होइन,अर्को पक्षको पीडा पनि बुझ्ने।आफ्नो राजनीतिक लाभ भन्दा पार्टीको दीर्घकालीन हितलाई प्राथमिकता दिने।यही बाटो कठिन छ।तर इतिहासमा कठिन बाटो रोज्नेहरू नै धेरै पटक दीर्घकालीन रूपमा सम्झिन्छन्।

    यदि डा.शेखर कोइरालाको प्राथमिकता साँच्चै नेपाली कांग्रेसलाई गुटीय प्रतिस्पर्धा भन्दा माथि उठाएर संस्थागत रूपमा बलियो बनाउने हो भने त्यो कमजोरी होइन—त्यो राजनीतिक परिपक्वता हो।एउटा गम्भीर प्रश्न गुट जित्यो भने कांग्रेस जित्यो त?आज कांग्रेसका प्रत्येक नेता, कार्यकर्ता र शुभेच्छुकले आफैंलाई एउटा प्रश्न सोध्नु पर्ने बेला आएको छ।मेरो गुट जित्यो तर नेपाली कांग्रेस कमजोर भयो भने—के त्यो मेरो विजय हो?मेरो समूहले पद पायो,तर हजारौँ कार्यकर्ता निराश भए भनेके त्यो सफलता हो?मेरो नेता शक्तिशाली भयो तर पार्टी प्रतिको जनविश्वास घट्यो भने के त्यसलाई उपलब्धि भन्न मिल्छ?उत्तर स्पष्ट छ,व्यक्ति जितेर संस्था हार्नु विजय होइन।गुट जितेर कांग्रेस कमजोर हुनु सफलता होइन।किनकि नेपाली कांग्रेस कुनै एक नेताको निजी सम्पत्ति
    हजारौँ नेता कार्यकर्ताको पसिना,आँसु,जेल,संघर्ष र बलिदानबाट बनेको संस्था हो।त्यसैले आजको पुस्ताले कांग्रेसलाई आफ्नो गुटको सम्पत्ति होइन, लोकतान्त्रिक आन्दोलनको साझा धरोहर का रूपमा हेर्नुपर्छ।आजको संयम,भोलिको राजनीतिक पूँजी राजनीतिमा एउटा ठूलो भ्रम छ—शान्त देखिने व्यक्ति कमजोर हुन्छ।तर वास्तविकता उल्टो पनि हुन सक्छ।जो व्यक्ति रिसमा प्रतिक्रिया दिँदैन,ऊ कमजोर हुनैपर्छ भन्ने छैन।जो व्यक्ति सबै पक्षसँग संवाद गर्छ,ऊ अवसरवादी हुनैपर्छ भन्ने छैन।जो व्यक्ति तुरुन्तै गुट घोषणा गर्दैन,ऊ निर्णय विहीन हुनैपर्छ भन्ने छैन।कहिलेकाहीँ संयम नै सबै भन्दा ठूलो राजनीतिक शक्ति हुन्छ।आज कुनै गुटसँग नजोडिँदा आलोचना हुन सक्छ।आज सबै पक्षसँग सम्बन्ध राख्दा आलोचकले प्रश्न उठाउन सक्छन्।आज बीचको राजनीति भनेर व्यंग्य हुन सक्छ।तर भोलि पार्टी संकटमा पर्दा कसलाई खोजिन्छ?त्यो व्यक्तिलाई,जो सबैसँग कुरा गर्न सक्छ।दुई पक्षबीच संवाद बन्द हुँदा कसले टेबल तयार गर्न सक्छ?त्यो व्यक्तिलाई,जसलाई दुवै पक्षले कम्तीमा सुन्न तयार हुन्छन्।पार्टी व्यक्तिगत स्वार्थको संघर्षमा फस्दा कसले संस्थाको पक्षमा उभिन सक्छ?त्यो व्यक्तिलाई—जसले पहिले नै आफूलाई एउटा गुटको सीमाभित्र कैद गरिसकेको छैन।यही कारणले आजको संयम भोलिको राजनीतिक पूँजी बन्न सक्छ।विपक्षीलाई पनि जोड्ने राजनीति नै ठूलो राजनीति हो/

    डा. शेखर कोइरालाको राजनीतिक यात्राको मूल्यांकन गर्दा समर्थकले मात्र होइन,आलोचकले पनि एउटा कुरा सोच्नुपर्छ।यदि उहाँको उद्देश्य तपाईंलाई हराउनु होइन,तपाईंलाई समेत कांग्रेसभित्र राखेर कांग्रेसलाई जिताउनु हो भने यदि उहाँको राजनीति तपाईं कि म? होइन/हामी सबै मिलेर कांग्रेस हो भने?यदि उहाँको लक्ष्य अर्को गुट निर्माण गर्नु होइन,गुटहरू बीचको दूरी घटाउनु हो भने?त्यस्तो राजनीति कसरी कमजोरी हुन सक्छ?वास्तवमा त्यो सबैभन्दा कठिन राजनीति हो।किनकि गुटले तपाईंलाई नारा दिन्छ।तर एकताले तपाईंलाई जिम्मेवारी दिन्छ।गुटले तपाईंलाई समर्थक दिन्छ।तर एकताले तपाईंलाई विरोधीको विश्वास जित्ने चुनौती दिन्छ।गुटले तत्काल शक्ति दिन्छ।तर संस्थागत राजनीतिले इतिहासमा ठाउँ बनाउन समय लिन्छ।त्यसैले आज डा. शेखर कोइरालामाथि विश्वास गर्नेहरूले पनि केवल व्यक्तिको बचाउ गर्ने होइन,उनको राजनीतिक एजेन्डा,एकता,संवाद,संस्थागत कांग्रेस र गुटभन्दा माथिको नेतृत्वलाई अगाडि बढाउनुपर्छ।कांग्रेसलाई नयाँ गुट होइन,नयाँ संस्कार चाहिएको छ/नेपाली कांग्रेसलाई आज फेरि अर्को शक्ति केन्द्र आवश्यक छैन।गुटभन्दा माथि उठ्ने राजनीतिक संस्कार,असहमतिलाई शत्रु नमान्ने लोकतान्त्रिक संस्कृति कांग्रेसलाई चाहिएको छ/आलोचकलाई

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij