Rastrapukar

मंगलबार, असोज २७ २०८३ | Tuesday 13th October 2026

आरोप झुटो हो, छानविनको लागी तयार छु : खगेन्द्र सुनार


  • मंगलबार, असोज २७ २०८३

  • आरोप झुटो हो, छानविनको लागी तयार छु : खगेन्द्र सुनार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफु छानविन लागी तयार रहेको बताएका छन छन । महिला माथी हिंसा गरेको लगाएत आपत्ति जनक घटना सार्वजनिक भए पछि उनी माथी कारवाही गर्न दवाव बढ्दै गएको छ । उनले आरोप झुटो भएको दावी गर्दै छानविनका लागी तयार रहेको बताएका छन । प्रहरी भित्रको भ्रष्टाचार बिरुद्ध प्रश्न गरेपदेखि म माथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु । हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । तसर्थ ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । तर भ्रष्टाचार विरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु ।
    र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।
    धन्यवाद – नमस्कार।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij