Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने सन्तोष यादव पक्राउ


  • बिहिबार, असोज २२ २०७७

  • बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने सन्तोष यादव पक्राउ

    काठमाडौँ – सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

    २०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँका धर्मनाथ यादवको घरमा लगेर बोक्सी भन्दै ८ जनाले सामूहिक कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट पश्चात फरार रहेका यादवलाई पीतिड महिलाको श्रीमान रामनारायण यादवको जाहेरीको आधारमा पक्राउ गरिएको सिंहले बताए ।

    यादवलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिरहाको ठाडीबाट पक्राउ गरिएको सिंहले जानकारी दिए । कुटपिटबाट पीडित मुर्तीदेवी यादवको २ वटा दाँत भाँच्चिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij