कास्की- पोखरा महानगरपालिका-११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रानीपौवा बस्ने धादिङ निलकण्ठ नगरपालिका(६ घर भएका २१ वर्षीय राम बहादुर रम्तेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले पोखरा महेन्द्रपुलस्थित एक होटलमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै सोही घटनामा संलग्न रहेको आशंकामा पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई समेत आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
