Rastrapukar

शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

‘सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु बिडम्वनापूर्ण’


  • शुक्रबार, कार्तिक १४ २०८३

  • ‘सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु बिडम्वनापूर्ण’

    काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्‌टाइले अदालत,प्रहरी,सेना लगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु बिडम्वनापूर्ण भएको बताएका छन। उनले भने – उन्नत लोकतन्तन्त्रमा कोही पनि जन्म,पद,पहुंच,धन,शक्तिका आधारमा कानून र सामाजिक मर्यादा भन्दा माथि हुनसक्दैन। भट्टराईको भनाई यस्तो छ :

    अदालत,प्रहरी,सेना लगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु बिडम्वनापूर्ण छ।

    उन्नत लोकतन्तन्त्रमा कोही पनि जन्म,पद,पहुंच,धन,शक्तिका आधारमा कानून र सामाजिक मर्यादा भन्दा माथि हुनसक्दैन।

    त्यसमाथि अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेण्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, ‘उपियाँ-उँडुस’बाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न। सुशासनको प्रत्याभूति नगरी समृद्धिको मार्गमा अघि बढ्न सकिन्न।

    परन्तु सबै ‘चरा’माथि एकैसाथ निसाना साध्दा कुनै पनि ‘चरा’ नमर्ने खतरा हुन्छ! अनि लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले पनि गर्नैपर्छ!

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij