काठमाडौ – नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीले आफुलाई सरकारले हटाउन लागेको सुचना पछि संगठनका उच्च अधिकारीहरुसंग छलफल थालेका छ्न । कार्कीले एआइजी, प्रदेशका डिआइजी र उपत्यकाका एसएसपीहरुसंग छलफल थालेका हुन । उनी कानुन व्यवसायीहरूसंग समेत छलफलमा छन । सरकारले आज भोली नै आफुलाई हटाउँन लागेको भन्ने सुचना पछि कार्की परामर्शमा जुटेका हुन । सरकारले आजको नियमित मन्त्रीपरिषदको बैठकबाट कार्कीलाई हटाउने वारे निर्णय गर्न सक्ने बताइए पनि मन्त्रीपरिषद बैठक भने वोलाइएको छैन । प्रधानमन्त्री बालेन्द्र शाह बिहानै देखी शिंहदरवारमा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
