Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु:-


  • बुधबार, कार्तिक १२ २०८३

  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु:-

    कपिलवस्तु, वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ ।
    बुधबार ११ गते बिहान ०८:५५ बजे वाणगंगा नगरपालिका –०१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री वाणगंगा नगरपालिका –०४, गजेहडा बस्ने जलिया थारूलाई ठक्कर दिएको थियो ।
    ठक्करबाट घाइते भएकी थारूको बिहान १०:१० बजे उपचारका क्रममा मृत्यु भएको हो ।
    उक्त दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij