काठमाडौं – नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मतगणना सम्पन्न भइसकेको छ । कैयौ उम्मेदवार झिनो मतान्तरले पराजित समेत भएका छन । तर बद्लिएको भनिएको कांग्रेसको यो महाधिवेशनमा सभापति गगन थापा पक्षलाई जिताउँन मतदानको अन्तिम समय सम्म पनि मतदाता थप्ने काम गरिएको पाइएको छ । निर्वाचन समिति निश्पक्ष हुन नसक्दा पदाधिकारी र केन्द्रीय सदस्यमा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था सृजना भएको छ ।
कांग्रेसको मतदान चलिरहदा सभापति थापा निकटको एउटा समूह छुटको नाममा मतदाता थप्ने काममा सक्रिय थियो । जसलाई निर्वाध सघाइरहेका थिए, निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का र सदस्यसचिव राजु कटुवाल ।
प्रतिनिधि थप्ने काम मतदानको अन्तिम घण्टा सम्म पनि जारी थियो । मतदाताको अन्तिम सुचि प्रकाशित भइसके पछि मतदान नसकिदा सम्म छुट भन्दै सैयौ व्यक्तिको नाम थपेर मतदानमा सहभागी गराइएको थियो । जसले गर्दा जित सुनिश्चित भएका उम्मेदवारहरु पराजित हुन पुगे I
थपिएका नामहरु राई संघ, मुस्लिम संघ, गुरुङ संघ, दलित संघ, लिम्बु संघ, कुमाल संघ, छन्त्याल संघ, सामुदायीक विद्यालय संघ, आदिवासी जनजाती महासंघ, ट्रेडयुनियन, जन सम्पर्क समिति जस्ता शुभेच्छुक संगठनहरुको नामबाट सवै प्रदेशमा प्रतिनिधि थपिएको पाइएको हो ।
जसका कारण गगन थापा पक्षले वितरण गरेको सुचिका महामन्त्री सहित अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले जितेका थिए ।








""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
