काठमाडौं – नेपाल प्रहरीले आइजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन लागेको भन्ने समाचारको खण्डन गरेको छ । प्रहरी उच्च अधिकारी हरुको पाँच घण्टा बढी बसेको बैठक पछि प्रवक्ता अभिनारायण काफ्लेले जारी गरेको विज्ञप्तीमा यस्ता प्रचारले विचलित नहुने उल्लेख छ । नेपाल प्रहरी भ्रामक प्रचार, अनावश्यक दवाव र गैरकानुनी गतिविधिवाट विचलित नभई आफ्नो आफ्नो सम्वैधानिक र कानुनी जिम्बेवारी निर्वाह गर्न कटिवद्ध छ – विज्ञप्तीमा भनिएको छ । भ्रामक प्रचार विरुद्ध कानुनी कारवाही गर्ने चेतावनी समेत प्रहरीले दिएको छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
