काठमाडौं – सरकारले नेपाल प्रहरीका महानिरिक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउँने प्रयास थालेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयवाट कार्कीलाई राजिनामा गर्न भनिएको हो । उनले राजिनामा नगरे मन्त्रीपरिषदवाट निर्णय गरेर हटाउने तयारी छ । प्रधानमन्त्रीको सचिवालयले पूर्व प्रधानन्यायाधिश चोलेंद्र समशेर जवरासंग जोडिएका इनम सापकोटा संगको सम्बन्ध र निर्वाचन प्रहरीको पोसाक खरिद लगाएतका कारण देखाउँदै प्रहरी प्रमुख फेर्ने कसरत गरेको हो । तर कार्की सहजै राजिनामा बुझाउँने पक्षमा छैनन् । सरकारले हटाउँने निर्णय गरेमा उनी अदालत जाने तयारीमा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
