मकवानपुर–सिटिजन्स बैंक इन्टरनेसनलले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं.९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ ।
बैंकले यस अघि नै मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा कार्यालयहरु स्थापना गरिसकेको छ ।
उक्त रजैया एक्सटेनसन काउन्टरबाट यस बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबीबीएस सुविधा लगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
