Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महँगीको मारमा परेका जनतालाई नयाँ करको कहर ! 


  • आइतबार, साउन ३ २०८३

  • महँगीको मारमा परेका जनतालाई नयाँ करको कहर ! 

    शंकर पोखरेल

    नेपालको समग्र अर्थतन्त्र संकटमा परेको र लगानीको वातावरण कमजोर रहेको वर्तमान अवस्थामा सरकारले साउन १ गतेदेखि लागू गरेका करका नयाँ दरहरू अर्थतन्त्रको पुनरुत्थानका लागि घातक सिद्ध हुनेछ। यसले आम उपभोक्तालाई पार्ने असरहरू यस प्रकार छन्:

    • शिक्षा र स्वास्थ्यमा ३% समता शुल्क: राज्यले गुणस्तरीय सेवा दिन नसक्दा आफ्नै खर्चमा निजी सेवा लिन बाध्य मध्यमवर्गीय र न्यून आय भएका नागरिकको मासिक बजेटमा यसले प्रत्यक्ष आर्थिक भार थप्नेछ।

    • बिजुली उपभोगमा ५% मूल्य अभिवृद्धि कर (VAT): प्राधिकरण आफैँले नाफा कमाइरहेको अवस्थामा थपिएको यो करले विद्युतीय चुल्हो र विद्युतीय सवारी (EV) प्रयोगकर्तालाई प्रत्यक्ष मारमा पार्नेछ। यसले औद्योगिक वस्तुको उत्पादन लागत समेत बढाई बजारलाई थप महँगो बनाउनेछ।

    • राइड-सेयरिङमा भ्याट (VAT): सहरी क्षेत्रको सहज विकल्प बनेको राइड-सेयरिङमा कर लगाउँदा व्यवसायी र प्रयोगकर्ता दुवै प्रभावित हुनेछन्। विशेष गरी यसका मुख्य प्रयोगकर्ता युवा, विद्यार्थी र सर्वसाधारणको दैनिक यात्रा खर्च निकै बढ्नेछ।

    • सेयर कारोबारमा थप पुँजीगत लाभकर (CGT): पहिले नै शिथिल बनेको पुँजीबजारलाई यो व्यवस्थाले थप संकटमा धकेल्नेछ, जसका कारण समग्र पुँजी परिचालन र बजारको गतिशीलतामै नकारात्मक असर पर्नेछ।

    • घरजग्गा कारोबारमा पुँजीगत लाभकर: खस्कँदै गएको घरजग्गा क्षेत्रलाई यो करले अझ बढी मन्दीतर्फ लैजाने जोखिम रहन्छ, जसले अन्ततः अर्थतन्त्रको चक्रलाई नै नकारात्मक ढंगले प्रभावित बनाउनेछ।

    तसर्थ जनविरोधी र अव्यवहारिक करका दरहरू तत्काल संशोधन/फिर्ता गरियोस्!

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij