Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ


  • बुधबार, माघ २ २०७५

  • अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

    काठमाडौं– बाँके र रुपन्देहीबाट अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    बाँकेजानकी गाउँपालिका-१ बढैयाबाटखजुरा गाउँपालिका-५ बस्ने ३२ वर्षीय लुले खाँलाईअवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी साईगाँउबाट खटिएको प्रहरीले खाँलाई शंका लागि जाँच गर्दा गक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    त्यसैगरी रुपन्देहीबुटवल उपमहानगरपालिका-१ ईट्टाभट्टीस्थित सोही उपमहानगरपालिका-१३मझुवा बस्ने २५ वर्षीय शिव मल्ल र सोही उपमहानगरपालिका-१३ सुन्दरनगर बस्ने २७ वर्षीया विनी थापालाई अवैध लागूऔषध ब्राउनसुगर६ ग्राम २ सय ७० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij