काठमाडौँ – सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गरेको छ । मंसिर २८ गते बिहीबार बसेको मन्त्रीपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१. क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने ।
२. फिनल्याण्डको हेलसिन्कीमा आयोजना हुने INTOSAI को बाइसौं वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदमराज पौडेललाई स्वीकृति दिने ।
३. घुन्सा खोला जलविद्युत आयोजनाको लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
४. पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निजगढ-बर्दिबास खण्डमा पर्ने घर / टहरा तथा जग्गाहरुको मुआब्जा / क्षतिपूर्ति / राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने ।
५. नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने ।
६. नेपाली सेनाका सहायक रथी सन्तोष बल्लभ पौडेललाई उपरथी दर्जामा ‘बढुवा गरी पदस्थापन गर्ने ।
७. नेपाल सरकार र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकापसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने ।
८. दुल्लू नगरपालिका दैलेख, फलेवास नगरपालिका पर्वत, गल्कोट नगरपालिका बाग्लुङ्ग, जलजला गाउँपालिका पर्वत, कालिमाटी गाउँपालिका सल्यान, पाँचखपन नगरपालिका संखुवासभा, छत्रदेव गाउँपालिका अर्घाखाँची, अर्नमा गाउँपालिका सिरहा, गल्छी गाउँपालिका धादिङ, गोलबजार नगरपालिका सिरहा, मध्यपुर थिमि नगरपालिका, भक्तपुर, बर्दिबास नगरपालिका महोत्तरी, हरिनगर गाउँपालिका सुनसरी र राजपुर नगरपालिका रौतहटलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
९. विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने।
१०. वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्ने ।
११. हातहतियार खरखजना नियमावली (बाहौ संशोधन), २०८० स्वीकृत गर्ने ।१२. कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने।
१३. राष्ट्रिय वृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने ।
१४. नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त १ पदमा सहसचिव श्री सेवा लम्साललाई बढुवा गर्ने ।
१५. राजपत्राङ्कित विशिष्ट श्रेणीका श्री सुरेश आचार्यसमेतका सात जना सचिवहरूको सरूवा गर्ने।
१६. नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, स्वीकृत गर्ने ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
