Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रक्षालाई अघि सारेर तनहुँ जान चाहान्थे प्रदिप पौडेल, तर…


  • मंगलबार, माघ ६ २०८२

  • रक्षालाई अघि सारेर तनहुँ जान चाहान्थे प्रदिप पौडेल, तर…

    काठमाडौं– तनहुँबाट चुनाव उठ्ने प्रयास अन्तिम समयसम्म पनि सफल नभएपछि कांग्रेस नेता प्रदिप पौडेल अन्ततः काठमाडौं क्षेत्र ५ बाट चुनाव लड्ने भएका छन् । पौडेल तनहुँको दूई क्षेत्र मध्य कुनै एक क्षेत्रबाट उम्मेदवार बन्न चाहान्थे । तर कांग्रेस नेताहरु शंकर भण्डारी र गोविन्द भट्टराईलाई सहमत गराउन नसक्दा पौडेलको तनहुँबाट चुनाव लड्ने चाहाना पुरा हुन सकेन । पौडेलले पनि भण्डारी र भट्टराईलाई चिढाएर तनहुँको बिकल्प रोज्न सकेनन् ।
    आफ्नो मतदाता नामावली पनि तनहुँमै रहेको, पार्टी क्रियाशिल सदस्य पनि तनहुँमै रहेको जन्मथलोबाटै उहाँ चुनाव लड्न चाहानु हुन्थ्यो । तर पार्टीका साथीहरुलाई चित्त दुखाएर नजाने निर्णयमा पुग्नु भयो पौडेल निकट स्रोतले भन्यो । पौडेलको बसोबास समेत काठमाडौं क्षेत्र नं. ५ मा छैन ।
    पौडेल र विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा जेन्जी अभियन्ता रक्षा बमलाई काडमाडौं ५ बाट उम्मेदवार बनाउन चाहान्थे । तर तनहुँ जाने वातावरण नबनेपछि पौडेल बाध्यताबस काठमाडौं क्षेत्र नं. ५ मै चुनाव लड्ने निचोडमा पुगेका हुन ।
    क्षेत्र नं. ५ का काग्रेसका कार्यकताले पनि आफ्नै क्षेत्रका अर्गानिक उम्मेदवारको अपेच्क्षा राखेका थिए । एक अगुवा कार्यकर्ताले भने – क्षेत्र नं. ६ मा कांग्रेसले अर्गानिक उम्मेदवार सबुज बानियाँलाई टिकट दिएर राम्रो ग¥यो । हाम्रो क्षेत्रमा पनि त्यस्तै अर्गानिक उम्मेदवारको अपेच्क्षा गरेका थियौं । तर पनि पार्टीको निर्णय स्वीकार्य छ ।
    यस अघि पनि सोही क्षेत्रबाट निर्वाचित पौडेलसंग कार्यकर्ता र मतदाता सन्तुष्ट छैनन् । काठमाडौं क्षेत्र नं. ५ बाट निर्वाचित भएर मन्त्री बनेका पौडेलले आफ्नो सचिवालय, सरकारी नियुक्ती र अवसर भने सबै तनहुँका व्यक्तिहरुले मात्र दिएको गुनासो कार्यकर्ताहरुको छ । उनी निकट स्रोतका अनुसार तनहुँबाटै निर्वाचन लड्ने सोच भएको कारण त्यसो गरिएको हो । राजनीतिमा त्यसलाई अन्यथा भन्न मिल्दैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij