Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा फागुनमा हुने


  • सोमबार, माघ १७ २०७८

  • त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा फागुनमा हुने

    काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।

    सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो । त्रिविले स्थगित सबै परीक्षाको पुनर्तालिका सार्वजनिक गरेर सञ्चालन गरिने जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij