Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


  • बुधबार, पुष २१ २०७८

  • दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    दैलेख – दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु २ च ४८२९ नं।को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij