पर्सा– पर्साको वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकको घरमा पेस्तोल र मान्छे बेहोस बनाउने औषधि भेटिएको छ । वडा प्रहरी कार्यालय विर्ताका इन्सपेक्टर राजेशराज पुरी र श्रीपुरका इन्सपेक्टर दिपक शाह कमाण्डको टोलीले प्राध्यापक जितेन्द्रप्रसाद सिंहको घरबाट एकथान पेस्तोल बरामद गरेका छन् ।
प्राध्यापक सिंहको घर खानतलासी गर्दा पेस्तोल, ४ राउण्ड गोली, म्यागेजिन र मान्छे बेहोस बनाउन प्रयोग हुने एनेस्थेटिक ईथर ५ सय मिलिटिर फेला परेको पर्साका प्रहरीले जनाएको छ । एनेस्थेटिक ईथर डाक्टरले प्रयोग गर्छन् ।
वीरगञ्ज महानगरपालिका–११ स्थित दुर्गा टोलमा रहेको उनको घरमा सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो । सर्लाहीको बलरा स्थायी घर भएका ४९ वर्षीय सिंह प्राध्यापनसँगै वीरगञ्ज बस्दै आएका छन् । ‘प्राध्यापक सिंहलाई म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
