Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार,तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


  • शनिबार, चैत्र १० २०८०

  • मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार,तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज ९शनिबार० उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।

    एमालेका सांसद राजकुमार लेखीले गृह, सञचार तथा कानुन मन्त्रालय, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    त्यस्तै, एमालेकै सांसद केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले पद तथा गोपनियताको शपथ गराईन् भने राज्यमन्त्री रायलाई मुख्यमन्त्री यादवले शपथ गराए ।
    केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरको असर सबै प्रदेशमा परेको छ । केही दिनअघि मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । कांग्रेसका मन्त्रीहरु बर्खास्त गरेसँगै उनले आज एमालेलाई सरकारमा सहभागी गराएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij