काठमाडौं – नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले उनलाई होटल सांग्रिला अगाडिबाट नियन्त्रणमा लिएको हो ।
काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङ यसअघि असार १७ गते ठगी आरोपमा पक्राउ परेका थिए ।
त्यसअघि २०७५ असार २८ मा किसानको माला लुटेको आरोपमा उनी समातिएका थिए । तर, सांसद् नवीना लामाले उनलाई छुटाएकी थिइन् ।
प्रहरीका अनुसार, उनी ‘क’ वर्गका गुण्डा हुन् । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
