दाङ– दाङमा गएराति भएको भएको ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ त ९७०७ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ।
मृत्यु हुनेमा ट्याक्टरका सहचालक बर्दिया जिल्लाको घेरुवा गाउँपालिका वडा नं। –५ निवासी १६ वर्षीय सन्तलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गएराति पौने एक बजेतिर उक्त ट्याक्टर घोराही उपमहानगरपालिका वडा नं। –३ को चौपट्टामा दुर्घटना परी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा रातको २ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
