डोल्पा, ठूलीभेरी नगरपालिका –०३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ गरिएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका जिल्ला रुकुम पश्चिम, आठबिसकोट नगरपालिका –१० घर भएका ३२ वर्षीय रामबहादुर कामीसहित ६ जना कैदी र २ जना थुनुवा गरी ८ जना कारागारबाट भागि फरार भएका थिए ।
फरार कैदी तथा थुनुवाको खोजतलास गर्ने क्रममा रुकुम पश्चिमबाट दुई जना कैदी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–१० घर भएका जबरजस्ती करणी सम्बन्धि कसुरको कैदी ३२ वर्षीय रामबहादुर कामी रहेका छन् । उनलाई १८ वर्ष कैद सजाय तोकिएकोमा १३ वर्ष कैद भुक्तान गर्न बाँकी नै रहेको थियो ।
त्यसैगरी सल्यान, कुमाख गाउँपालिका –०५ घर भएका जबरजस्ती करणी सम्बन्धि कसुरको कैदी २८ वर्षीय रेशम राना रहेका छन् । उनलाई १२ वर्ष कैद सजाय तोकिएकोमा ९ वर्ष कैद भुक्तान गर्न बाँकी नै रहेको थियो ।
पक्राउ परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याईदैछ भने फरार भएका अन्य कैदी तथा थुनुवाको खोजतलास कार्य जारी रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
