Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

भीमफेदीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते


  • आइतबार, असोज १८ २०७७

  • भीमफेदीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

    हेटौंडा – मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् ।

    हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
    घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij