काठमाडौं– काठमाडौंको बसुन्धारामा सकेट बम भेटिएको छ । महानगरीय प्रहरी कार्यालय प्रवक्ता एसएपी श्याम ज्ञवालीले शंकास्पद वस्तु भेटिएको पुष्टि गरेका छन् ।
हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । प्रहरीका अनुसार ओसिस क्याफे पछाडि रहेको एक घरमा तीन तलामाथि रहेको कार्यालयमा सकेट बम भेटिएको हो ।
सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ ।
हाल अनुसन्धानका क्रममा कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
