काठमाडौं – साताको अन्तिम दिन नेप्से ओरालो लागेको छ । शेयर बजार २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा कायम भएको छ।
नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबै उपसूचक राताम्मे भएको छ। आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको५० करोड ८९ लाख रुपैयााको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको २४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दुई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज विन नेपाल लघुवित्तका लगानीकर्ताले र मानुषि लघुवित्तका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ०२ प्रतिशतका दरले गुमाएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
