Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस्ः प्रधानमन्त्री


  • आइतबार, पुष ८ २०८०

  • यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस्ः प्रधानमन्त्री

    पुस ८, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिनुभएको छ।

    आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

    प्रधानमन्त्रीले भन्नुभयो, “नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।”

    “हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौं। त्यसैले तपाईहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं। पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ। यसमा पनि सरकार लचिलो हुनुपर्छ।”

    “एकातर्फ देशमा नेगेटिभिज्म यति बढेको छ कि जतिसुकै राम्रो कुरा गरे पनि काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको छ” प्रधानमन्त्रीले भन्नुभयो, “राम्रो नदेख्ने रोग बढ्दो छ। दर्शक–स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएको छ। यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन्। यो कुरालाई हामीले बदल्नुपर्छ।”

    छलफलमा खानेपानी मन्त्री महेन्द्र राय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्कर लगायतले आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij