Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंकको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


  • शुक्रबार, पुष ६ २०८०

  • एनआईसी एशिया बैंकको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं – एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

    सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यािपटलका अनुसार आज पुस ६ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

    इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    इच्छुक लगानीकर्ताले पुस २० गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij