Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट


  • शुक्रबार, मंसिर ८ २०८०

  • उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट

    काठमाण्डौ- उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँट भएको छ । एक समारोहका बीच सिद्धार्थ क्यापिटल लिमीटेडले एफपीओ बाँडफाँट गरेको हो ।

    यो लघुवित्तले सर्वसाधारणका लागि कात्तिक २१ देखि २४ गतेसम्म साधारण सेयरको थप निश्कासन(एफपीओ) गरेको थियो । कम्पनीले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ सर्वसाधारणका लागि निश्कासन गरेको थियो ।

    बाँडफाँटका क्रममा १० कित्ताको दरले १७ हजार ८४५ आवेदकले एफपीओ पाएका छन् । एकजनाले थप एक कित्ता र अर्को एकजनाले ०.१८ थप कित्ता पाएका छन् । यो एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२५ जनाको आवेदन रद्ध भएको थियो ।

    कुल १ करोड १७ लाख २० हजार ८६० कित्ता खरीदका लागि आवेदन परेको थियो । यसरी हेर्दा एफपीओ खरीदका लागि आवेदन दिएकामध्ये १.६६ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९८.३३ प्रतिशतको हात खालि भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij