Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सेञ्चुरी बैंकको दुई नयाँ शाखा सञ्चालन


  • बुधबार, जेष्ठ १८ २०७९

  • सेञ्चुरी बैंकको दुई नयाँ शाखा सञ्चालन

    काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको हो ।

    पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

    साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीज्यूले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर विनिता मेहता, इनरुवा नगरपालिकाको पूर्व मेयर गोपाल कोईराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटल, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij