काठमाडौं – सरकारले एक सातामै पेट्रोलियम पदार्थको चर्को मुल्य वृद्धि गरेको छ । पेट्रोल र डिजलमा १० रुपैया प्रति लिटर मुल्य वृद्धि गरेको सरकारले फेरी पेट्रोल र डिजलमा १० रुपैया मुल्य वृद्धि गरेको छ । ग्याँसमा २०० रुपैया वृद्धि गरिएको छ । हप्तै पिच्छेको मुल्य वृद्धिले जनता चर्को मारमा परेका छन ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ। त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ। हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
