Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसीले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना


  • आइतबार, चैत्र ६ २०७८

  • एनआईसीले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना

    काठमाडौं– एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । जुन योजना चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुनेछ ।

    यस योजनाअन्तर्गत ग्राहकले बैंकको मोबाइल एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मो बैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।
    यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जनाएको छ । साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम मोबाइल बैंकबाट सहजै बुझन सकिने जनाइएको छ ।

    यसका लागि ग्राहकले एनआईसी एसिया मोबैंकभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफुलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन् । यस दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रबर्द्धनमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij