Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सनराइज बैंकको नारी बचत खातामा विशेष सुविधा


  • बुधबार, फाल्गुन २५ २०७८

  • सनराइज बैंकको नारी बचत खातामा विशेष सुविधा

    काठमाडौं – सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने निर्णय गरेको छ । बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्ताहरुलाई प्रसूति हुँदा १० हजार रुपियाँ प्रसूति खर्च दिने भएको हो ।

    साथै, यस खातामा घातक रोगमा पाँच लाख रुपियाँसम्मको उपचार खर्च, पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपियाँसम्मको ओपीडी खर्च, ८० हजार रुपियाँसम्म अस्पताल भर्ना भएर उपचार गरेको खर्च पाइने छ ।

    महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले आफूहरुले फरक खालको योजना ल्याएको बताउँदै सनराइज बैंकले यसबाट महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन र उनीहरुलाई सशक्तिकरण गर्न सहयोग पुग्ने आशा लिएको छ ।

    बैंकले यस्तो स्वास्थ्य बीमा योजना उपचार खर्च नेपालको अस्पतालहरुबाहेक भारतका ७० वटा अस्पतालमा उपचार गर्दा पनि पाइने र सिंगारपुर तथा थाइल्याण्डका अस्पतालमा उपचार गर्दाको खर्च दिने तयारी भइरहेको बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij