Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा बैंकको तीन नयाँ शाखा सञ्चालन


  • सोमबार, माघ १७ २०७८

  • सानिमा बैंकको तीन नयाँ शाखा सञ्चालन

    काठमाडौं – सानिमा बैंक लिमिटेडले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

    कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरेका हुन् ।

    समुद्घाटन् समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् । बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij