तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका -६ मा जिप दुर्घटना हुँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडा नम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो । ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् । घाइतेहरुलाई चितवन रिफर गरिएको प्रहरिले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
