काठमाडौं – प्रतिनिधि सभाको आज बस्ने तय भएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।
संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
