Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेलम्चीमा सिप्रदीको सर्टिफाइड ग्यारेज


  • शुक्रबार, चैत्र २० २०७७

  • मेलम्चीमा सिप्रदीको सर्टिफाइड ग्यारेज

    काठमाडौं – सिप्रदी ट्रेडिङले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहज रुपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

    २०७७ चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्र्तगतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्घाटन गरेका थिए ।

    उक्त अवसरमा विगत लामो समय देखी टाटाका गाडीहरु संचालन गर्दै आएका ग्राहक चिरन पराजुलीलाई सम्मान गर्नुका साथै टाटा बीएसआईभी गाडी सम्बन्धि चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो । ३० जना भन्दा बढि ग्राहकहरुले उक्त प्रशिक्षण कार्यक्रमा सहभागिता जनाएका थिए ।

    ग्राहकहरुले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतका कार्यहरु उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij