Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

किन बढ्दै छ, राजावादीको प्रदर्शनमा जनसहभागिता ?


  • बुधबार, मंसिर १० २०७७

  • किन बढ्दै छ, राजावादीको प्रदर्शनमा जनसहभागिता ?

    काठमाडौं – जनकपुर, बारा, नवलपरासी, सुस्ता, बुटवल, धनगढी पछि पोखरा सम्म आइपुग्दा राजावादीहरूको प्रदर्शनमा सहभागीको संख्या वढेको छ । राजसंस्था र हिन्दुराष्ट्र पर्नस्थापनाको माग राख्दै भएका प्रदर्शनहरूमा सहभागिता बढेसंगै सवै क्षेत्रको ध्यान क्रमशः तान्दै छ पछिल्ला दिनमा सहभागी बद्‌दै जान थाले पछि राजावादीहरूमा वेग्लै किसिमको उत्साहको संचार प्रवाह भएको देखिन्छ । वुधवार पोखरामा भएको प्रदर्शन मा पनि उल्लेख्य जनसहभागिता देखियो ।
    तत्कालीन राजा ज्ञानेन्द्रको चरम महत्वकांक्षा, तत्कालीन माओवादीको हिंसात्मक विद्रोह र संसदवादी दलको शान्तिपूर्ण आन्दोलनका कारण स्थापना भएको गणतन्त्रको जग क्रमशः हल्लिन थालेको त होइन ? पछिल्ला गतिविधिले त्यस्तै संकेत गरेको छ ।
    गणतन्त्र स्थापना पछि मुलुकको कायापलट हुन्छ भन्ने आशामा तुशारापात भए पछि राजनितिक दलहरुसंग जनता निराश छन । एउटा राजा हटाएर सैयौं छोटे राजाहरु देखेका जनताले ठूला विकास र सम्वृद्धि त परको कुरा सिटामोल समेत सजिलै पाउने अवस्था छैन । अझ कोरोनाको महामारीबाट त्राण खोजेका जनताले सरकार र प्रतिपक्ष छ भन्ने सम्मको अनुभूति गर्न सकेका छैनन । भ्रष्टाचार, वेथिती, महंगी र अस्तव्यस्तताले जनता पिल्सिदा समेत सरकार र राजनितिक दलहरु वेखवर छन ।
    दलहरू भित्रको विवाद र लुछाचुडीले पनि जनता निराश छन । नेताहरु आफ्नो स्वार्थमा लिप्त हुँदा जनताको दुःख बुझ्ने कोहि छैनन । यस्तो अवस्थामा देशव्यापी रुपमा बढेको राजावादीहरुको गतिविधिलाई स्वभाविक र सामान्य घटनाको रुपमा लिन सकिदैन । दलहरुले अहिलेकै शैली कायम राख्ने र जनतासँग टाढिदै जाने हो भने राजवादीको गतिविधि झाङ्गिदै नजाला भन्न सकिदैन । दलका नेताहरुले बेलैमा सोचुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij