Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धरानमा जुवा खेल्दै गरेका ७ जुवाडे पक्राउ


  • मंगलबार, मंसिर २ २०७७

  • धरानमा जुवा खेल्दै गरेका ७ जुवाडे पक्राउ

    धरान– लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सनुसरीका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण पुरी, ३१ वर्षीय हरिराम बानियाँ र ३१ वर्षीय विष्णु बाँस्तोला रहेका छन् । इटहरी–२० तराहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राति दुई बजे तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
    उनीहरुको साथबाट तास, नगद दुई लाख ८० हजार २५५ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij