Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या प्रयास , कामदार मृत फेला


  • सोमबार, माघ २७ २०७६

  • पूर्वसचिव  कार्कीकी श्रीमतीको हत्या प्रयास , कामदार मृत फेला

    काठमाडौँ – पूर्वसचिव अर्जुन कार्कीको श्रीमतीको हत्या प्रयास भएको छ । उनको घरमा काम गर्ने कामदार पनि मृत अवस्थामा भेटिएका छन् ।

    ललितपुरको सानेपामा रहेको घरमै उनको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।  रगतले लतपतिएको  अवस्थामा रहेकी कार्कीकी श्रीमती मुनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको छ । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवका कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

    कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा दुवैको शव फेला परेको बताएका छन् ।

    कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij