Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

पूर्वप्रमुख नापी अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा


  • बुधबार, पुष १६ २०७६

  • पूर्वप्रमुख नापी अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन नम्बर नापी गोश्वारा, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

    आयोगले मंगलबार तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा, तत्कालीन प्रमुख मालपोत अधिकृत विष्णुकुमार राई र जग्गाधनी अरुणकुमार रन्जितकारले चार लाख १२ हजार छ सय ३७ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनीहरूले काठमाडौं जिल्ला, साविक नगर २ क, कित्ता नम्बर २३७, क्षेत्रफल ०-११-२-० को जग्गा नयाँ नापी हुँदा जग्गासँगै रहेको सार्वजनिक बाटो समेत घुसार्इ कित्ता नम्बर र क्षेत्रफल कायम गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान थालेको थियो।

    सोही अनुसन्धान हुँदा शर्मा र राईको संलग्नता रहेको र जग्गाधनी रन्जितकारले आर्थिक प्रलोभनमा पारी बाटोको जग्गा आफ्नो नाममा गराएको पुष्टि भएको हो।

    आयोगले बिगो रकम कायम गरी व्यक्तिको नाममा रहेको सार्वजनिक जग्गा जफत गरी सजायको मागदाबी गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij