Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिमालयन क्यापिटल सञ्चालनमा


  • शुक्रबार, कार्तिक १५ २०७६

  • हिमालयन क्यापिटल सञ्चालनमा

    काठमाडौं – हिमालयन बैंकले आफ्नो सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । शुक्रबार बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले हिमालयन क्यापिटल लिमिटेडको उद्घाटन गरेका थिए ।
    बैंकको पर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिंग तथा इन्भेस्टमेन्ट बैंकिंग सेवा प्रदान गर्नु रहेको छ । क्यापिटलको चुक्ता पुंजी बीस करोड रहेको छ । नेपाल धितोपत्र बोर्डले हिमालयन क्यापिटललाई मिति २०७६, श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट
    बैंकिंग कारोबार गर्न इजाजत दिएको थियो ।
    मर्चेन्ट बैंकिंग कारोबार अन्तर्गत हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, शेयर रजिष्टार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, र डीपी सेवा प्रदान गर्ने छ ।
    क्यापिटलको उद्घाटन गर्दै हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले पुंजीबजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसाथ गर्दै ग्राहकको सेवामा कम्पनी पुर्णरुपमा समर्पित हुने बताए ।
    साथै हिमालयन क्यापिटलको संचालक समितिका अध्यक्ष तथा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीले ग्राहकहरुलाई आधुनिक मर्चेन्ट बैंकिंग सेवाहरु उपलब्ध गराउने र देशको अर्थतन्त्रको दिगो बिकासमा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्दै निकट भविष्यमा नै नियामक निकायको स्वीकृति
    पश्चात क्यापिटलले हिमालयन बैंकको सामुहिक लगानी कोष “हिमालयन म्युच्युअल फण्डू तथा अन्य लगानी कोषहरुको संचालन गरि ग्राहकहरुलाई बिशिस्टकृत सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए ।
    त्यसैगरि, क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई आत्मसाथ गर्दै सम्पूर्ण धितोपत्र बजारलाई सकारात्मक योगदान दिन कटिबद्ध रहने उल्लेख गरे ।
    हिमालयन क्यापिटलको संचालक समितिमा हिमालयन बैंकको तर्फबाट सशील जोशी अध्यक्ष र संचालकहरुमा सुनिल गोर्खालि र सतिश राज जोशी रहेका छन् ।
    क्यापिटलको प्रधान कार्यालय ठमेल स्थित कर्मचारी संचय कोष भवनमा रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij