काटमाडौं – मनाङ एयरले हालै नेपाल ल्याएको नयाँ हेलिकोप्टरबाट सोमबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । कम्पनीले फ्रान्समा निर्मित ‘एयरबस हेलिकोप्टर’को एएस३५०बी३ई (एच १२५) हेलिकोप्टर ९ एन–एएनजेबाट व्यावसायिक उडान सुरु गरेको जनाएको छ ।
मनाङ एयरको हेलिकोप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीको दाबी छ ।
अतिउच्च हिमाली क्षेत्रमा उद्धार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माणलगायत विविध क्षेत्रमा समेत नयाँ हेलिकोम्टरको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । दक्ष पाइलट तथा प्राविधिकमार्फत पर्यटन, प्राकृतिक दृश्यावलोकन तथा उद्धार उडानमा नयाँ हेलिकोप्टर प्रयोग गर्ने कम्पनीले बताएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
