Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीबाट १० जुवाडे पक्राउ


  • आइतबार, असोज २६ २०७६

  • नवलपरासीबाट १० जुवाडे पक्राउ

    नवलपरासी – पूर्वी नवलपरासीको गैंडाकोट भैसाखोरीबाट प्रहरीले नगदसहित १० जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

    इलाका प्रहरी कार्यालय, गैंडाकोटको टोलीले गैडाकोट–१० स्थित भैंसाखोरीका राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय थिरबहादुर महतो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय भीम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी मगर, २५ वर्षीय अनील सुनार र ३३ वर्षीय घरधनी राजकुमार सुनार रहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij