Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

नेकपाको उपाध्यक्षमा गौतम, स्कुल विभाग प्रमुखमा पोखरेल


  • शुक्रबार, साउन ३१ २०७६

  • नेकपाको उपाध्यक्षमा गौतम, स्कुल विभाग प्रमुखमा पोखरेल

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामा समयदेखी विवादमा रहेको स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । त्यसैगरी उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको छ । नेकपाको विधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।
    स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी रहँदै आएको थियो ।
    यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ ।
    जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij