Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा


  • सोमबार, असार ९ २०७६

  • प्रभु बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा

    काठमाडौं- प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवा ग्राहीहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरेको छ । अत्याधुनिक तथा प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ  बैंकले ललितपुरमा नयाँ शाखा संञ्चालन गरेको हो ।
    उक्त शाखा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन् । बैंकको शाखा उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै इमाडोल शाखा कार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणले सरल सहज रुपमा  बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको वताए ।
    बैकले हालसम्म १८५ वटा शाखा, १४६ वटा एटि एम् र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij