भक्तपुर सूर्यविनायक नगरपालिका – ६ सूर्यविनायक चोकमा डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका १ नवलपुर बस्ने २७ वर्षीय हित बहादुर रोक्का मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा बा. ३ ख ५९९२ नम्बरको बस जेब्राक्रसमा रोकेकोले प्रहरीले कारवाही गर्ने क्रममा बसका सहचालक मगरले प्रहरीलाई उक्त नगद दिएर प्रलोभनमा पार्न खोजेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
